चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमै सीमित भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २०४ रन जोडेको थियो । चितवनको विशाल योगफल तयार पार्ने क्रममा कामिल मिशाराले अविजित १२० रनको शतकीय पारी खेले । रवि बोपाराले पनि ५३ रनको योगदान दिए ।
यस जितसँगै चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीबीचको दोस्रो क्वालिफायर खेल बिहीबार साँझ ५ बजे हुनेछ ।
यसअघि बुधबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई प...


