दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ
रमित ओली कैलारी- कैलालीमा हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा ५७ वर्षीया ज्ञानमती डंगौरा घाइते भएकी छन्। उनको खुट्टा भाँचिएको र निसर्ग अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्राप्त विवरणअनुसार, पश्चिमबाट पूर्वतर्फ भजनी जाँदै गरेको मोटरसाइकल तीव्र गतिका कारण नियन्त्रणमा लिन नसक्दा सडकमा रहेको डल्लबसँग ठोक्किएको थियो। मोटरसाइकलमा आमा र छोरा सवार थिए।
दुर्घटनापछि घाइतेलाई तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्थामा सरकारी एम्बुलेन्समा इन्धन नभएको भन्दै उद्धारमा ढिलाइ भएको बताइएको छ। करिब आधा घण्टापछि घाइतेलाई हाइस गाडीमा राखेर लगिएको विवरण प्राप्त भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीसमेत उपस्थित रहे पनि घाइतेहरू सडकमा छटपटाइरहेको अवस्थामा देखिएको स्थानीयको ...

