अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने
धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर गर्दै उनले व्यक्तिगत रूपमा दसैँको उत्सवमा सहभागी नहुने निर्णय गरेका हुन्।
भोटेकोशी र बूढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाले आफूलाई दुःखी बनाएको बुढाले बताएका छन्। विपत्तिमा परेका परिवारले घरबार गुमाउनुका साथै आफन्तसमेत गुमाउनुपरेको अवस्थामा सामान्य रूपमा चाडपर्व मनाउन नसक्ने उनको भनाइ छ।
दसैँलाई खुसी र पारिवारिक मिलनको पर्वका रूपमा लिइए पनि यस वर्ष पीडित परिवारको अवस्थाले आफूलाई उत्सवबाट टाढा रहने निर्णयमा पुर्याएको उनले उल्लेख गरेका छन्।
बुढाले विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार र पीडित परिवारको पुनःस्थापनाका लागि कामना गरेका छन्।
दुःखमा परेक...


