Advertisement

Day: २०८३ आश्विन ३०, शुक्रबार १६:४१

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययनमा ५० सिट प्राप्त गरेको छ। चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थपिएका छन्। एमबीबीएसमा मात्रै ११० सिट वृद्धि गरिएको छ। विश्वविद्यालयले एमबीबीएससँगै नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा पनि अध्यापनका लागि सिट माग गरेको थियो। विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार ...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ थलारामा जन्मिएका डा. धामीलाई विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डीनको जिम्मेवारी दिएको हो। क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरिसकेका उनले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज