एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार
रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५ पवेरामा रहेको बोन्ड स्कुल बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीले एक दिनको खाजा खर्च कटाएर संकलन गरेको रकमबाट दुवै परिवारलाई जनही १७ हजार ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो।
कैलारी गाउँपालिका–३ बड्का मुडाका विश्वराज चौधरी र वडा नं. ६ सुर्मीका रोयल चौधरी रसुवामा आएको बाढीपहिरोपछि सम्पर्कविहीन भएका थिए। उनीहरूका परिवारलाई राहतस्वरूप उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक तथा प्रधानाध्यापक तिलक बोहराले रोयल चौधरीका बुवा–आमालाई उनीहरूकै घरमा पुगेर १७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका छन्। त्यसैगरी, बाढीपहिरोमा बेपत्ता भएका विश्वराज चौधरीकी श्रीमतीलाई पनि नगद १७ हजार ५ सय रुपैयाँ सहय...

