भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग
धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।
समाजले प्रवासमा रहेका नेपालीबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको समाजका अध्यक्ष महादेव भट्टले बताए। उनका अनुसार सहयोग अभियानमा राज्य, जिल्ला तथा एरिया समितिसहित समाजका विभिन्न तहका सदस्य र सहयोगदाताको सहभागिता रहेको थियो।
भट्टले मातृभूमिमा आइपरेको विपत्तिका बेला आर्थिक सहयोग जुटाउन साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले विपद्मा परेका नागरिकको सहयोगका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।...


