Advertisement

Day: २०८३ भाद्र ४, बिहीबार २१:४५

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर थापाले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक स्थलमा प्रतीक्षालय निर्माण गरेका छन् थापाले चौरपाटी गाउँपालिका-१ स्थित गाजरी गाउँघर क्लिनिक नजिकै आम नागरिकलाई सुविधाका लागि प्रतिक्षालय निर्माण गरी क्लिनिक समितिलाई हस्तान्तरण गरेका हुन्। क्लिनिकमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राही र सर्वसाधारणलाई बस्न तथा आराम गर्न सहजताका लागि प्रतिक्षालय निर्माण गरिएको जनाइएको छ। समाजसेवी थापा नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत हुन्। जन्मदिनको अवसरमा व्यक्तिगत खर्चलाई सामाजिक सेवामा लगानी गर्दै सार्वजनिक उपयोगको संरचना निर्माण गरी हस्तान्तरण गरेको भन्दै स्थानीयले थापाको सामाजिक कार्यको प्रशंसा गरेका छन्।...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउको सालको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भजनी नगरपालिका–१ मधुवन शिविरका करिब ३० वर्षीय मुकेश चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको थियो। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। तर, चिकित्सकले राति करिब ९ः४० बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। हिमाली...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका हुन्। बुधबार ट्रुथ सोसलमार्फत ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानले सम्झौताको अवसर उपयोग गर्न असफल भएको भन्दै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपन सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ। उनले इरा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज