बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।...
२०८३ श्रावण ७, बिहीबार ०७:१५२०८३ श्रावण ७, बिहीबार ०७:१५२०८३ श्रावण ७, बिहीबार ०७:१५ by कामना संवाददाताNo Comments
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारले जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका लागि आफूले दिएको समयसीमा पूरा नगरेको भन्दै सत्याग्रह घोषणा गरेका हुन्।
डा. केसीले सरकारलाई आफ्ना माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, उक्त समयसीमाभित्र माग सम्बोधन नभएको भन्दै उनले पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्।
उनले सरकारसमक्ष विभिन्न ५ बुँदे माग अघि सारेका छन्। स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी तथा स्वार्थपरक नियुक्ति तत्काल बदर गर्नुपर्ने उनको माग छ। साथै, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्नुपर्ने उनले बताएका छन्।
सरकारले चिकित्सा शिक्षा आयोगमा...
२०८३ श्रावण ७, बिहीबार ०६:४९२०८३ श्रावण ७, बिहीबार ०६:४९२०८३ श्रावण ७, बिहीबार ०६:४९ by कामना संवाददाताNo Comments
काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।
नामिबियासँगको पहिलो खेलमा ८ विकेटले पराजित भएको नेपाल आजको खेल जित्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा छ।
नेपाल हाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान २४ अंक भए पनि क्यानडाले ३२ खेल खेलेकाले नेपालभन्दा पछाडि छैटौँ स्थानमा छ। ३२ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ भने नामिबिया २४ अंकसहित सातौँ स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। दोस्रो स्थानमा स्कटल्यान्डको ३८, चौथो स्थानमा ओमानको ३१ र आठौँ तथा अन्तिम स्थानमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ।
विश्वकप ल...
२०८३ श्रावण ७, बिहीबार ०६:३७२०८३ श्रावण ७, बिहीबार ०६:३७२०८३ श्रावण ७, बिहीबार ०६:३७ by कामना संवाददाताNo Comments
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति हिमाली भू–भागका थोर...