Advertisement

Day: २०८२ कार्तिक ६, बिहीबार ०९:४९

बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडामा पहिलो पटक ‘महर स्पोट कप २०८२’हुने भएको छ । महर स्पोटको आयोजनामा हुन लागेको यो प्रतियोगिता भलिबल खेल केन्द्रित रहनेछ । कार्यक्रमका प्रमुख आयोजक तथा महर स्पोटका अध्यक्ष ईश्वर महरका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेल, संस्कृति, पहिचान र भेषभूषाको संरक्षण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने रहेको छ । उनले वडाका खेलाडीलाई विशेष प्राथमिकता दिइने पनि बताए । प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५१ हजार १४६, द्वितीयले रु. ३१ हजार १४६र तृतीयले रु. २१ हजार १४६ नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ४ हजार निर्धारण गरिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति २०८२ कार्तिक ७ गते साँझ ५ बजेसम्म तय गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम भने  २०८२ कार्तिक ८ गते सुवेडा (छयाला), बझाङमा गरिनेछ । भलिबल ख...
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
  धनगढी,  तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज