Advertisement

खेलकुद

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा विजयी भएको छ । विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको चितवन दुई अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । चितवनको कप्तान कुशल मल्ल रहेका छन् । एनपीएल क्रिकेटमा हिजो भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हरायो । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली छन् । गएको मंसिर एक गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।...
एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।...
एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित 

एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित 

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ ।  आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो ।  सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९  आभेर २ बलमा ९४ रनमा अलआउट भयो । कार्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ र हेमन्त धामीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । यो सँगै  सुदूरपश्चिमको लगातार तेस्रो खेलमा जित निकालेको  छ । लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको द...
जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सको जित, विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सको जित, विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत निकालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको हो । विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २/२ विकेट लिए । यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ । एनपीएलमा आजै दोस्रो...
एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

Breaking News 1, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ। जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ। टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो। उपाधि रक्षा अभियानमा रहे पनि जनकपुर...
एनपीएलमा आज दुई खेल हुदैँ, पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्स भिड्दैँ

एनपीएलमा आज दुई खेल हुदैँ, पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्स भिड्दैँ

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाैँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुनेभएका छन । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुनेछ। कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ । उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो । दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली ...
एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रिमियर लिग (एनपिएलमा) सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको  छ। आज कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाएर  १७५ रन मात्रै बनाउन सक्यो । पोखराका लागि कुशल भुर्तेलले ५३ रन र जिम्मी निसमले ४७ रन बनाए आउट हुँदा डान डाउथवैटको ३७ रनको योगफल पर्याप्त हुन सकेन। विपिन खत्री, सुमित वर्मा,  किरण ठगुन्ना, अभिशेख तिवारी,  दिनेश खरेल र एडम रोसिङ्टनले दोहोरो रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि हर्मित सिंह दुई, हेमन्त धामी, दिपेन्द्रसिंह ऐरी, नरेन साउद, स्कट कुग्गेलेजिन र अविनाश बोहराले समान एक एक विकेट लिए। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्...
सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्सलाई १ सय ९४ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्सलाई १ सय ९४ रनको लक्ष्य

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियोे । सुदूरपश्चिम रोयल्सका अष्ट्रेलियन ब्याटर जोस ब्राउनले सानदार ब्याटिङ गरे । ३५ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्का प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै, क्रिस लिनले पनि १२ बलमा ३१ रनको उत्कृष्ट पारी खेलेका थिए । साथै ओपनिङ ब्याटर विनोद भण्डारीले ४३ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे । पोखराका लागि बलिङमा जिमी निशमले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, डान डाउथवेट र आकाश चन्दले दुई-दुई विकेट लिए जारी प्रतियोगितामा सुदूरपश्चि र पोखराको यो दोस्रो खेल हो । रोयल्सले पहिलो खेलमा जित तथा पोखराले हार व्यहोरेको थियो । खेल ४ बजेबाट त्रिवि क्रिकेट रंगशालामा सुरु भएकाे थियाे ।...
एनपीएल: सुदूरपश्चिम रोयल्स टस हारेर पहिला ब्याटिङ गर्दै

एनपीएल: सुदूरपश्चिम रोयल्स टस हारेर पहिला ब्याटिङ गर्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो । सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा हुनेछ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो ।...
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा बेलुकी ४ बजे हुनेछ ।पोखरा आज पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जितको योजना सहित मैदान प्रवेश गर्नेछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डुलाई हराउँदै विजयी शुरूवात गरेको थियो । पोखरा शीर्ष ४ मा पुग्ने अवसर कायम राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ । सुदूरपश्चिमले पनि शीर्ष ४ भित्रको स्थान सुरक्षित राख्ने योजना बनाएको छ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम उच्च मनोबलसहित मैदान उत्रदा पोखरा यसअघिको अनुभवबाट केही सुधार गर्ने लक्ष्यमा छ ।...
एनपीएलमा आज लुम्बिनी र चितवन खेल्दै

एनपीएलमा आज लुम्बिनी र चितवन खेल्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन । गत सिजन पुछारमा रहँदै (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्न लागेकाे हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । गएको सोमबारदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । चितवन भने आज लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो । एनपीएलको इतिहासमा यी दुई टिमबीच यसअघि पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको लिग चरणमा भेट हुँदा लुम्बिनीले ३३ रनको जित निकालेको थियो । एनपीएलमा हालसम्म लुम्बिनीले निकालेको यो नै एकमात्र जितसमेत हो । प्रतियोगिताको दोस्रो संस्क...
एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। बुधबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले हरायो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै उतरेको काठमाण्डु १६.५ ओभरमै सबै विकेट गुमाउँदै ११८ रनमै समेटिएको थियो। काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले एक–एक विकेट हात पारे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा १४७ रन जोडेको थियो। टोलीका हर्मित सिंहले सर्वाधिक ५३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन थपे। काठमाण्डुको बलिङतर्फ कप्तान करण केसीले ४ विकेट लिए। यस संस्करणको एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चित...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज