Advertisement

आर्थिक वर्ष २०८०-०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै

Advertisement

काठमाडौंँ । नेपालमा प्रदर्शन हुने धेरैजसो चलचित्र स्कुल उमेरका बालबालिकाले अभिभावकको साथविना हेर्न नमिल्ने खालका हुन्छन् ।


केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०औ०८१ मा सेन्सर भएका चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ अर्थात् ‘प्यारेन्ट्स गाइड’ सर्टिफिकेट पाएका छन् । यस्ता चलचित्र १६ वर्ष मुनि उमेर भएकाले अभिभावकको निगरानीमा मात्र हेर्न मिल्छ ।


बोर्डको तथ्याङ्क अनुसार नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयभन्दा बढी चलचित्र रिलिज हुँदा ५० प्रतिशतभन्दा बढीले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् ।
[1चलचित्र प्रदर्शन अगाडि नेपालमा सेन्सर बोर्डले हेर्ने प्रावधान छ । सेन्सर बोर्डले चलचित्र हेरेर त्यसमा भएका विषयवस्तु, संवाद, दृश्य आदिका आधारमा तीन भागमा वर्गीकरण गर्दछ र सोही अनुसार सर्टिफिकेट दिन्छ ।

सामान्य चलचित्रलाई ‘यु’ (युनिभर्सल), हिंसात्मक चलचित्रलाई ‘पीजी’ (प्यारेन्ट्स गाइड) र अश्लीलता भएका चलचित्रलाई ‘ए’ (एडल्ट) वर्गको सर्टिफिकेट दिने प्रचलन छ । ‘यु’ (युनिभर्सल) चलचित्र सबैले हेर्न मिल्ने खालको हो । ‘पीजी’ (प्यारेन्ट्स गाइड) चलचित्र १६ वर्ष मुनिका बच्चाले अभिभावकको निगरानीमा हेर्नुपर्ने हुन्छ । ‘ए’ (एडल्ट) भन्नाले १८ वर्ष माथिकाले मात्र हेर्न मिल्ने चलचित्र हो ।

आर्थिक वर्ष २०८०-०८१ मा १६४ वटा चलचित्र सेन्सर भएकोमा नेपाली ८१, हिन्दी ४६, अंग्रेजी ३५ र अन्य २ छन् । तीमध्ये ८२ वटा चलचित्रले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् । तथ्याङ्क अनुसार ६२ चलचित्रले ‘यु’ (युनिभर्सल) र २० चलचित्रले ‘ए’ (एडल्ट) सर्टिफिकेट पाएका छन् ।

नेपाली चलचित्रमा धेरैजसोलाई ‘यु’ सर्टिफिकेट

आर्थिक वर्ष २०८०-८१ को सेन्सर तथ्याङ्क अनुसार प्रदर्शनमा आउने फिल्ममध्ये धेरै युनिभर्सल ‘यु’ छन् । त्यसपछिको धेरै ‘पीजी’ (प्यारेन्ट्स गाइड) र थोरैले ‘ए’ एडल्ट सर्टिफिकेट पाएका छन् ।

समीक्षा अवधिमा कुल ८१ नेपाली चलचित्र सेन्सर भएकोमा ५२ वटाले ‘यु’ (युनिभर्सल) सर्टिफिकेट पाएका छन् । तथ्याङ्कअनुसार २६ वटा नेपाली चलचित्रले ‘पीजी’ (प्यारेन्ट्स गाइड)को सर्टिफिकेट पाएका छन् । तीन वटा चलचित्रले ‘ए’ अर्थात् ‘एडल्ट’ वर्गको सर्टिफिकेट पाएका छन् ।

हिन्दीमा कुन बढी ?

आर्थिक वर्ष २०८०-०८१ मा नेपालमा सेन्सर भएका हिल्दी चलचित्रमा सबैले हेर्न मिल्ने ‘यु’ (युनिभर्सल) कम संख्यामा छन् । तथ्याङ्कले नेपाल भित्रिएर सेन्सर भएका हिन्दी चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् । यो वर्ष ४६ हिन्दी चलचित्रले सेन्सर बोर्डबाट प्रमाणपत्र लिएकोमा ३५ वटाले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् ।
यस्तै ‘यु’ अर्थात् युनिभर्सल वर्गको सर्टिफिकेट पाउने हिन्दी चलचित्रको सङ्ख्या ९ छ । चार वटा हिन्दी चलचित्रले समीक्षा अवधिमा ‘ए’ अर्थात् एडल्ट सर्टिफिकेट पाएका छन् ।

अंग्रेजी चलचित्रमा पनि ‘पीजी’ धेरै

नेपालमा प्रदर्शन हुने अंग्रेजी चलचित्रमा पनि अधिकांशले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् । समीक्षा अवधिमा कुल ३५ अंग्रेजी चलचित्र सेन्सर भएकोमा २० वटाले ‘पीजी’ सर्टिफिकेट पाएका छन् ।

यस्तै १० चलचित्रले ‘ए’ सर्टिफिकेट पाउँदा ५ चलचित्रले ‘यु’ सर्टिफिकेट पाएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज