Advertisement

आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल ‘ए’ लाई २ सय २३ रनकाे लक्ष्य

Advertisement

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड–उल्भ्सले मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोलीलाई २ सय २३ रनको लक्ष्य दिएको छ

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । आयरल्यान्ड–उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको  प्रतियोगिताको पहिलो खेल वर्षा पछि  मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।

यसैगरी नेपालको ‘ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज