बाजुराको एक विद्यालयमा वडा सदस्यको मनोमानी, वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा पनी राहतलाई प्रअको जिम्मेवारी
कैलाली - त्रिवेणी नगरपालिका २ सिम्लामा रहेको पार्वती माध्यामिक विद्यालयमा कानुन विपरित प्रधानाध्यापक बनाएको विवादले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
यो भन्दा पहिले प्रधानाध्यापक रहेका शिक्षक नन्दलाल जैशी कार्तिक २० गते अनिवार्य अबकास (रिटाएर) भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यलय ब्यवस्थापन समितिले कानुनको अबज्ञा गर्दै प्रधानाध्यापक नियूक्ति गरेको भन्दै विवाद सुरु भएको हो ।
स्थायी वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा हुदै बिद्यालय ब्यवस्थापन समितिले राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य पछि द्धितिय श्रेणीका स्थायी शिक्षक देवराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएका छन् ।
शिक्षा नियमावली २०५९ (संशोधन) सहितको परिच्छेद १७ को नियम ९३ को उपनियम १ र २ अनुसार वरिष्ट स्थायी शिक्षक प्राधानाध्यापक हुने व्यवस्थालाई उलङघन गर्दै रा...

