Advertisement

हाम्रो बारेमा

जिप दुर्घटनामा ४ जना घाइते

जिप दुर्घटनामा ४ जना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा जिप दुर्घटना भएको छ । जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ काे भाेपुर स्थित जीव दुर्घटना भएको हाे । साेमवार विहान १०:१५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी युवराज भण्डारीले बताउनु भयाे । चैनपुर खानेपानी ट्याङ्की नजिकै सुनिकाेट तर्फबाट चैनपुर आउदै गरेको बा. १८ च ५१४९ नम्बरको सवारी दुर्घटनामा परेको परेको हाे । सवारी तलकाेट गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष २३ का नवीन बाेहराले चलाएको सुचना अधिकारी लाेकेन्द्र ठगुन्नाले बताए । जीव एक्कासि सडकमा अनियन्त्रित भएर पल्टिएकाे जनाएको छ । जिवमा ७ जना रहेका थिए, जसमा ४ जना घाइते भएको छन । घाइतेको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भईरहेकाे छ । अहिले गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन । ,उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाट प्र.ब.ह. रनदिप गिरीको कमाण्डमा-३ जनाको टोली खटिगएको थियाे । ...
हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं : सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि प्रहरी थुनामा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्योल छाएको छ । अनुसन्धानमा रहेका सभापतिको न्यायिक परीक्षणमा सहयोग गर्नुको साटो पार्टीका नेता तथा कार्यकर्ताहरू बचाउका लागि आन्दोलनमा उत्रिएका छन् । यसले पार्टीका गतिविधिदेखि जिम्मेवारी बाँडफाँटसम्मका काम अलपत्र छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रहेका लामिछानेको न्यायिक परीक्षण हुन बाँकी नै छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी भने कास्की पुगेर सभापतिको बचाउमा सडक आन्दोलनमै उत्रियो । अहिले कहिले चितवन त कहिले काठमाडौंमा कुनै न कुनै रूपमा उनीहरूले सडक आन्दोलन गरेको देखिन्छ । तर सांगठनिक रूपमा भने रास्वपा अन्योलमा द...
भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

समाचार
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको छ ।   साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
एक सय रूपैयाँका ३० करोड नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेण्डर

एक सय रूपैयाँका ३० करोड नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेण्डर

समाचार
राष्ट्र बैंकले एक सय रूपैयाँको ३० करोड नोट छाप्ने भएको छ। नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ कम्पनीले पाएको छ। चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो। ३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदर एक सय ३४ रूपैयाँ २४ पैसाको आधारमा एक अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो। यस आधारमा एक सयको प्रति नोट लागत चार रूपैयाँ दुई पैसा हुने भएको छ।...
थाई एयर एशियाले माफी मागेपछि नेपालले ४ घण्टापछि जहाज छाड्यो

थाई एयर एशियाले माफी मागेपछि नेपालले ४ घण्टापछि जहाज छाड्यो

समाचार
काठमाडौँ —अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो । ‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका काठमाडौं आएका हौं भनेर कमाण्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौं,’ महाप्रबन्धक निरौलाले भने । उक्त विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो । उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाज...
साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

समाचार
काठमाडौँ —साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेलमा १/१ गोलको बराबरीमा खेलिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही समय अवरुद्ध भएको खेल सुरु हुनासाथ नेपालकी खेलाडी सावित्रा भण्डारी 'साम्बा' ले गोल फर्काएकी छन् । दोस्रो हाफपछि भारतले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि खेल रोकिएको थियो । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।   नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपवि...
थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

समाचार
  कुनै बेला बलिउडको छायाँमा हुर्किएको साउथ यतिबेला हलिउडलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँका स्टारहरु पनि उत्तिकै महंगा बनिरहेका छन् । सर्वाधिक पारिश्रमिक बुझ्नेमा अहिले साउथकै स्टारहरु अगाडि छन् । सुपरस्टार थलापति विजयले आफ्नो करिअरको अन्तिम फिल्म ‘थलापति ६९’का लागि २७५ करोड भारु पारिश्रमिक लिएर भारतकै सबैभन्दा महंगा अभिनेता बनेका थिए । अब उनीभन्दा महंगा अभिनेता अल्लू अर्जुन बनेका छन् । उनले प्रदर्शनको सम्मुखमा रहेको आफ्नो नयाँ फिल्म ‘पुष्पा २’का लागि भारु तीन सय करोड पारिश्रमिक बुझेको ट्रयाक टलिउडले उल्लेख गरेको छ । योसँगै उनी सबैभन्दा महंगो पारिश्रमिक बुझ्ने भारतीय अभिनेता बनेका छन् । ‘पुष्पा’को सफलताले अल्लूको ‘स्टार भ्यालु’ मात्र बढाए...
२२१ किलो गाँजासहित एक जना पक्राउ

२२१ किलो गाँजासहित एक जना पक्राउ

समाचार
धनुषाबाट दुई सय २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। शनिबार साँझ जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुंगवालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।...
दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

समाचार
दाङ — देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५लठ्ठहवाका ४० वर्षीय गरिवु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शनिबार राति ट्याक्टरबाट पराल झार्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने !

प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने !

समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरमा खाने’ भनेर कटाक्ष गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन् । “एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ । हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे ! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि । धम्काएको भरमा खाने ! तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ । तर, चलाउन हामीलाई आउँदैन,” प्रधानमन्त्री ओलीले भने । यसअघि शनिबार माओवादी केन्द्रले सरकारविरोधी प्रदर्शन गरेको थियो । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार जनताप्रति गम्...
यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

समाचार
१० कात्तिक, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे । समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९-२ ले पराजित भएको थियो । उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २-० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ । यस्तै अर्को खेलमा जापनले मंगोलियालाई ७-० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् । ...
लिग टु क्रिकेट : अमेरिका घरेलु मैदानमै स्कटल्याण्डसँग १० विकेटले पराजित

लिग टु क्रिकेट : अमेरिका घरेलु मैदानमै स्कटल्याण्डसँग १० विकेटले पराजित

समाचार
१० कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमै अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ । खराब ब्याटिङ गरेको अमेरिकाले घरेलु मैदानमा लज्जासपद हार व्यहोरेको हो । डालासमा गएराती भएको खेलमा अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्याण्डले २४.५ ओभरमाविना क्षती पूरा गरेको हो । स्कटल्याण्डका लागि आन्द्रे उमिदले ७९ बलमा १३ चौका र २ छक्का मदतमा अविजित ९८ रन बनाए । यस्तै चार्ली टिमयरले अविजित ४३ रन योगदान गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका स्याड्ली भान श्यालवाएकले अर्धशतक बनाएपछि अमेरिकाले एक सय रन कटाएको थियो । स्याड्लीले ८७ बल खेल्दै १० चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज