Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260 हाम्रो बारेमा - Page 147 of 375 - कामनाटुडे
डोटी- डोटीमा चट्याङ लागेर ३ पशुचौपया मरेका छन्। जिल्लाको बोगटान फुड्सिल गायँपालिका-१ खटेनाका पुरनसिंह धामीको गाइगोठमा शनिवार चट्याङ पर्दा धामीका १ गाई, १ गोरु र १ बाच्छोे गरि ३ पशुचौपया मरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
२०८१ चैत्र १०, आईतवार १२:२७२०८१ चैत्र १०, आईतवार १२:२७२०८१ चैत्र १०, आईतवार १२:२७ by कामना संवाददाताNo Comments
बझाङ- बझाङमा झुण्डिएको अवस्थामा मृत भेटिएका पुरुषको सनाखत भएको छ । आज बिहान जयपृथ्वी नगरपालिका-७ तमैल माल्ला लाग्ने भिर नजिकै झुन्डिएको अबस्थामा फेला परेका पुरुषको सनाखत भएको हो ।
तारजालिको वालामा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको ती पुरुष मष्टा गाउँपालिका ४ का धन बहादुर थापा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । उनलेे भने घटना स्थलमा बुझ्दा धनबहादुर भन्ने खुलेको छ । उहाँको बुहारी जिल्ला अस्पतालमा रहेछन् , उहाँले सनाखत गर्न बाँकी छ, त्यसपछि धनबहादुर भए नभएको पुष्टि हुन्छ प्रहरी निरीक्षक ठगुन्नाले भने ।
थापा सनिवार हिजो घरबाट निस्केका थिए।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ।...
२०८१ चैत्र १०, आईतवार ११:३०२०८१ चैत्र १०, आईतवार ११:३०२०८१ चैत्र १०, आईतवार ११:३० by कामना संवाददाताNo Comments
बैतडी- जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो ।
जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको जनाइएको छ । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन् । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस...
२०८१ चैत्र १०, आईतवार १०:३८२०८१ चैत्र १०, आईतवार १०:३८२०८१ चैत्र १०, आईतवार १०:३८ by कामना संवाददाताNo Comments
धनगढी- बझाङमा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-७ तमैल नजिकै पहिचान नखुलेका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छबिसपाथिभेरा गाउँपालिका-१ का वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार ती पुरुष आज बिहान तारजालिको वालामा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको र पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।...
२०८१ चैत्र १०, आईतवार ८:४१२०८१ चैत्र १०, आईतवार ८:४१२०८१ चैत्र १०, आईतवार ८:४१ by कामना संवाददाताNo Comments
धनगढी- कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिकबाट गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय मिथुन सोव र गोदावरी नगरपालिका–५ बस्ने २५ वर्षीय रबिन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो।
शनिवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ६३४४ नम्बरको मोटरसाइकलसहित उनको साथबाट ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट धागढी–५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल र धनगढी–१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढालाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्...
२०८१ चैत्र १०, आईतवार ८:३४२०८१ चैत्र १०, आईतवार ८:३४२०८१ चैत्र १०, आईतवार ८:३४ by कामना संवाददाताNo Comments
एजेन्सी- इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएको छ। गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ ।
यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ । लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘रा...
२०८१ चैत्र १०, आईतवार ८:२६२०८१ चैत्र १०, आईतवार ८:२६२०८१ चैत्र १०, आईतवार ८:२६ by कामना संवाददाताNo Comments
धनगढी- कैलालीको कैलारी गाउँपालिकाले कार्यालय सहयोगीको निधनमा आज शोक विदा दिएको छ।
गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी चञ्चला चौधरीको यही चैत ८ गते निधन भएकाले शोक विदा दिएको हो।
पालिका भरि आइतबार आज एक दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अति आवश्यक सेवा बाहेक शोक विदा दिएको गाउँपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ।...
२०८१ चैत्र १०, आईतवार ७:५१२०८१ चैत्र १०, आईतवार ७:५१२०८१ चैत्र १०, आईतवार ७:५१ by कामना संवाददाताNo Comments
काठमाण्डौ– मधेस प्रदेशसहित देशका धेरै ठाउँमा राति पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ । यस्तै हिजो बेलुकी गोरखा, तनहुँ, प्युठान लगायतका ठाउँमा पनि पानी परेको थियो ।
काठमाण्डौसहित देशका केही ठाउँमा राति हावाहुरीसमेत चलेको थियो । अहिले मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । आजदेखि पश्चिमबाट मौसम क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
२०८१ चैत्र १०, आईतवार ७:३४२०८१ चैत्र १०, आईतवार ७:३४२०८१ चैत्र १०, आईतवार ७:३४ by कामना संवाददाताNo Comments
धनगढी- कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडीको भागमा ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो ।
तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।...
२०८१ चैत्र १०, आईतवार ७:१९२०८१ चैत्र १०, आईतवार ७:१९२०८१ चैत्र १०, आईतवार ७:१९ by कामना संवाददाताNo Comments
धनगढी- धनगढीमा चैत २ गते ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने घाइते ३६ वर्षीया मिना खड्को शनिबार मृत्यु भएको हो।
खड्काको उपचारका क्रममा काठमाडौँको बर्निङ हस्पिटलमा मृत्यु भएकोमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौँमै उपचार भइरहेको छ । मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् । सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।...
२०८१ चैत्र ९, शनिबार २१:२९२०८१ चैत्र ९, शनिबार २१:२९२०८१ चैत्र ९, शनिबार २१:२९ by सुरेन्द्र खत्रीNo Comments
बझाङ- राष्ट्रिय युवा संघ नेपाल बित्थडचिर गाउँपालिकाको नेतृत्व चयन गरिएको छ । पालिकाको सम्पन्न दोस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट तारा बहादुर बोहराको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटी उपाध्यक्षमा रोशन जोशी , सचिवमा भक्त ढाँट , उपसचिवमा राजेन्द्र विक र भागिरथी बोहरा र कोषाध्यक्षमा विमला ढाँट चयनलाई सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले बित्थडचिरले जानकारी दिएको छ।...
२०८१ चैत्र ९, शनिबार २१:०७२०८१ चैत्र ९, शनिबार २१:०७२०८१ चैत्र ९, शनिबार २१:०७ by कामना संवाददाताNo Comments
दिपेन्द्र धामी- बझाङ ।
जीवन अनपेक्षित मोडहरूबाट भरिएको छ। कहिले उज्यालो, कहिले अँध्यारो। बाल्यकालमा म जसरी पनि रमाउन सक्थें, जीवनप्रति कुनै गम्भीरता लिन जरुरी थिएन। तर उमेरसँगै, समयसँगै, परिस्थितिसँगै, मेरो जीवनको अनुभूति पनि बदलिँदै गयो। युवाअवस्था सम्म प्रवेश गरेँ, तब जीवनको वास्तविकता अझ स्पष्ट हुन थाल्यो। यही वास्तविकताले कहिलेकाहीं मलाई अनौठो एक्लोपनको महसुस गराउँछ।
समय परिवर्तन रहेछ, गाउँमा बिताएका ती सुन्दर दिनहरू सम्झनामा आइरहन्छन्। सिरसिरे बतास, आँगनभरि खेलेका खेल, खेतका आलीहरूमा दौडिएका मेरा पाइला, आमाको मायाले भरिएका दिनहरू ती सबै एक अद्भुत अनुभूति थिए। बाल्यकालमा मलाई सायद "एक्लोपन" भन्ने शब्दको अर्थ नै थाहा थिएन। आमाको अँगालो, बाबाको सल्लाह, दाजुभाइ-दिदीबहिनीको साथले जीवन सरल लाग्थ्यो। तर, समयको गतिसँगै जीवनका यी मिठासपूर्ण क्षणहरू केवल सम्झनाको पानामा सीमित हुँदै गए। स्कू...