Advertisement

हाम्रो बारेमा

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको हो । जीप बिहान साढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पाेखरेल र बसन्त पाेखरेललाई थप उपचारका लागि बुटवल पठाइएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए ।...
कैलालीमा २२ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद

कैलालीमा २२ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको  धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २२ हजार ६५० बराबरको सुटपिस, प्लाजु, सुर्ति लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।...
आज रामनवमी पर्व मनाईँदै

आज रामनवमी पर्व मनाईँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको बताउनुहुन्छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ । आज ...
सुदूरपश्चिमका विद्यालयका लागि १७ लाखभन्दा बढी पाठ्यपुस्तक वितरण, चैत २९ भित्र सबै जिल्लामा पुर्‍याउने लक्ष्य

सुदूरपश्चिमका विद्यालयका लागि १७ लाखभन्दा बढी पाठ्यपुस्तक वितरण, चैत २९ भित्र सबै जिल्लामा पुर्‍याउने लक्ष्य

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका लागि १७ लाख १६ हजार थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले धनगढी पठाएको छ। यो पुस्तकहरू शैक्षिक सत्र २०८२ का लागि आवश्यक हुन्। सुदूरपश्चिमका ९ वटै जिल्लाका सामुदायिक विद्यालयहरूमा कुल १८ लाख १७ हजार थान पुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ। हालसम्म १७ लाख १६ हजार थान पुस्तक शनिवारसम्म धनगढीमा पुगेका छन्। शनिवार मात्रै जनक शिक्षा सामग्री केन्द्रले थप दुईवटा गाडी छापाखानाबाट किताब लिएर धनगढी पठाएको छ। जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय धनगढीका अनुसार काठमाडौँबाट आएका गाडीहरू धनगढी पुगेपछि मागअनुसार पुस्तक वितरण कार्य पूरा हुनेछ। धनगढीमा आएका पुस्तकहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लाहरूमा पठाउन सुरु गरिएको छ। केन्द्रका प्रमुख रामविनय श्रेष्ठका अनुसार बाजुरा जिल्लाबाट पुस्तक वितरणको काम सुरु गरिएको हो। हालसम्म पठाइएका पुस्तकको विवरण यस्तो छ:...
पदयात्राका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला

पदयात्राका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, विचार
काठमाण्डौ- पदयात्राका क्रममा कास्कीको चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई-चेङ युआनको १३ दिनपछि शव फेला परेको छ । देउराली चुमरुङमा रहेको मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ शव फेला फेला परेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।अन्नपूर्ण आधार शिविर(एबीसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कनेबेला पर्यटक बेपत्ता भएका थिए...
बैतडीको निङ्गलाशैनी मन्दिरमा वासन्तिक नवरात्रको जात्रा सम्पन्न, १६८ राँगा र २ सय बोकाको बलि

बैतडीको निङ्गलाशैनी मन्दिरमा वासन्तिक नवरात्रको जात्रा सम्पन्न, १६८ राँगा र २ सय बोकाको बलि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा शनिबार वासन्तिक नवरात्र अन्तर्गतको जात्रा पशु बलिसहित सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको जात्रा शनिबार सम्पन्न भएको मन्दिरका भण्डारे तथा धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । जात्राको अवसरमा १६८ राँगा र करिब २ सय बोका बलि चढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । प्रतिवर्ष चैत्राष्टमीमा भाकल अनुसार बलि दिने परम्परा यस मन्दिरमा रहिआएको छ। निङ्गलाशैनी मन्दिरमा वर्षमा चारवटा जात्रा आयोजना हुने गर्छन्। तीमध्ये शरदीय र वासन्तिक नवरात्रमा बलिसहित, जबकि भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) र मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) मा बलिबिनाको जात्रा मनाइन्छ। शक्तिपीठको रूपमा परिचित यस मन्दिरमा बैतडी मात्र नभई सीमावर्ती भारतबाट समेत ठूलो स...
सुदूरपश्चिममा बिसु पर्वको चहलपहल, घर फर्किने र लिपपोत गर्ने चलन तीव्र

सुदूरपश्चिममा बिसु पर्वको चहलपहल, घर फर्किने र लिपपोत गर्ने चलन तीव्र

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व नजिकिएसँगै चहलपहल बढ्न थालेको छ। नयाँ वर्षको पहिलो दिन, वैशाख १ गते मनाइने बिसु पर्वका लागि रोजगारी वा अध्ययनको सिलसिलामा घर बाहिर गएका मानिसहरू गाउँ फर्किन थालेका छन्। घर लिपपोत गर्ने परम्परा पनि सुरु भइसकेको छ। जनविश्वास अनुसार चैतमै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि हुने मानिन्छ। यद्यपि, पछिल्लो समय सिमेन्टको प्रयोग बढेसँगै कमेरो र रातो माटोको प्रयोगमा कमी आएको छ। बिसु पर्वमा सिस्नो लगाउने परम्परा विशेष रूपमा मानिन्छ। यस दिन बिहानै नुहाएर शरीरमा सिस्नो लगाउने चलन छ, जसबाट वर्षभर लाग्न सक्ने रोगहरूबाट बचिने धार्मिक विश्वास छ। देवर-भाउजू, नन्द-भाउजू, साली-भिनाजु र फुपु-सालीबीच सिस्नो पानी छ्याप्दै पर्व मनाउने चलन समेत रहेको छ। बिसु पर्वको अवसरमा बिहे गरेर गएका छोरीचेली माइत आउने, मिठा परिकार बनाइने र गाउँभर उत्स...
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

Breaking News 2, Breaking News 3, अछाम, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मर बहादुर कुँवरको मासुको हड्डी घाँटीमा अड्किएर मृत्यु भएको हो । शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा सानो हड्डी घाँटीमा अड्किएपछि उहाँ बेहोस भएका थिए। उपचारका लागि तत्कालै उहाँलाई बयलपाटा स्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।...
सुदूरपश्चिममा चार महिनामा ६१ करोडको खाद्यान्न आयात, सात पहाडी जिल्ला खाद्यान्न संकटमा

सुदूरपश्चिममा चार महिनामा ६१ करोडको खाद्यान्न आयात, सात पहाडी जिल्ला खाद्यान्न संकटमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतबाट ६१ करोड ७० लाख रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिएको छ। बैतडीमा कृषि विकास निर्देशनालयले आयोजना गरेको स्थानीय तहसँग समन्वयात्मक गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो। गोष्ठीमा प्रस्तुत विवरणअनुसार साउनदेखि कार्तिकसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट दाल, चामल, मकै, गहुँ, फलफूल, तरकारी तथा पशु आहाराको आयात भएको हो। कृषि निर्देशनालय, दिपायल डोटीका अनुसार सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर बाहेक अन्य सात पहाडी जिल्लामा खाद्यान्न संकट देखिएको छ। प्रदेशका २६ लाख ९६ हजार जनसंख्याका लागि वार्षिक ५ लाख १३ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ भने १ लाख ५९ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने अनुमान गरिएको छ। सबैभन्दा बढी खाद्यान्न संकट बैतडीमा रहेको छ, जहाँ वार्षिक १६ हजार ५११ मेट्रिक टन खाद्यान्न अपुग ...
ट्रम्पले टिकटकलाई दिए अन्तिम मौका, ७५ दिनभित्र निर्णय गर्नुपर्ने

ट्रम्पले टिकटकलाई दिए अन्तिम मौका, ७५ दिनभित्र निर्णय गर्नुपर्ने

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताउनुभएको छ । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उहाँको दाबी छ । उहाँले सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई टिकटक बेच्न २ सय ७० दिनको समय दिने कानूनमा हस्ताक्षर गर्नुभएको थियो । गएको जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।...
देउसी भैलोको पैसाबाट सुर्मा मन्दिरमा ९ केजीको घण्टा चढाइयो

देउसी भैलोको पैसाबाट सुर्मा मन्दिरमा ९ केजीको घण्टा चढाइयो

Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — बझाङको सदरमुकाम चैनपुरस्थित प्रशासन टोलका स्थानीय महिला तथा पुरुषहरुले देउसी भैलो खेलेर उठाएको रकम धार्मिक कार्यमा लगाएका छन् । तिहारको बेला मौलिक सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संकलन गरिएको उक्त रकमबाट जिल्लाको प्रसिद्ध सुर्मा मन्दिरमा ९ केजी तौल भएको विशाल घण्टा चढाइएको हो। स्थानीय अगुवा रमलाल बोहराको नेतृत्वमा गठित टोलीले यस वर्षको देउसी भैलो अभियानलाई केवल मनोरञ्जनमा सीमित नराखी, समाजप्रति उत्तरदायित्व बहन गर्ने खालको उदाहरणीय कार्यमा रुपान्तरण गरेको हो । टोलमा संकलित रकममध्ये केही हिस्सा अन्य सामाजिक कार्यहरूमा समेत खर्च गरिएको स्थानीय रुमला जाग्रीले जानकारी दिइन्। "हामीले सबैको सहकार्यमा यो कदम चालेका हौं। बाँकी रहेको रकमबाट ९ केजीको घण्टा खरिद गरी सुर्मा मन्दिरमा चढायौं। यसले हाम्रो संस्कृतिलाई मात्र नभई आस्थालाई पनि बलियो बनाएको छ । उक्त टोलले समुदायको सहकार्य र...
आईपीएलमा लखनउले मुम्बईलाई हरायो

आईपीएलमा लखनउले मुम्बईलाई हरायो

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । जीतका लागि दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन जोड पनि टोलीलाई जिताउन सकेनन् । लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए । त्यसअघि लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनायो । लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक बनाए । मार्शले सर्वाधिक ६० रन जोडे । मारक्रमले ५३ रन बनाए । मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए । जीतसँगै लखनउको ४ खेलमा ४ अङ्क भएको छ । लखनउ तालिकाको छैटौं स्थानमा छ । मुम्बई...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज