आज देशभर बदलीको अवस्था, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं — हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको कारण मौसममा व्यापक परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले देशभर आंशिकदेखि सामान्यतया बदलीको अवस्था रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तो अवस्था आज रातिसम्म जारी रहने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
हालसम्म देशव्यापी रुपमा देखिएको बाक्लो तुवाँलो क्रमिक रूपमा कम हुँदै जाने महाशाखाको अनुमान छ।
चट्याङसहितको वर्षाको सम्भावनाका कारण कोशी, म...












