बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम
बागमती प्रदेशमा सञ्चालन भएको छैटौं ब्याच स्कूल हेल्थ नर्स तालिम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्दै किशोर-किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनलेे विद्यालयमा स्वास्थ्य सेवा मजबुत बनाउन यस्ता तालिमहरू अत्यावश्यक रहेको बताइन् । "किशोर-किशोरीहरू संवेदनशील उमेर समूहमा छन्। उनीहरूलाई उचित स्वास्थ्य शिक्षा, महिनावारी व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र पोषण सम्बन्धी ज्ञान प्रदान गर्नु आवश्यक छ। यस तालिमले नर्सहरूलाई विद्यालयमा प्रभावकारी सेवा दिन सक्षम बनाउँछ," उनले भनिन् ।
२५ जना नर्सहरूले लिए तालिम
तालिम बागमती प्रदेशका विभिन्न ठाउँका २५ जना नर्सले लिएका छन् । उनीहरूलाई किशोर-किशोरीहरूको स्वास्थ्...












