Advertisement

Day: २०८३ मंसिर ६, शनिबार ११:३३

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छन् । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक उपाधि उचालेको थियो । यसपटक लुम्बिनीसँग लगातार दोस्रो पटक च्याम्पियन बन्ने अवसर छ भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा हुनेछ । लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । त्यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ विकेटले पर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज