बझाङमा अटो दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु , एक बालक बेपत्ता
सुरेश धामी,बझाङ - जिल्लाकाे बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक बालक बेपत्ता भएका छन् ।
टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो साेमबार बिहान करिब १०ः२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी करिब ३५ वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र छ वर्षीया डल्ली महराको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो चालक तथा अन्य सवार व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
घटनाको जा...

