विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, प्लेअफका चार टोली तय
नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले आफ्नो उपाधि रक्षाको सम्भावना कायम राख्दै क्वालिफायरमा स्थान बनाएको छ । शनिबार विराटनगर किंग्सलाई ४ विकेटले स्तब्ध पार्दै लुम्बिनीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगरले प्रस्तुत गरेको १६७ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलअगावै पूरा गर्यो । १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेख मुख्य योगदानकर्ता बने । दुवैले समान ४५ रन बनाए ।
त्यसैगरी अलि शेखले २७ रन जोड्दा सन्दीप जोराले २५ रनमा अविजित रहँदै टोलीको जित सुनिश्चित गरे । विराटनगरका अपराजित पौडेलले दुई विकेट लिँदा रुपेश सिंह र चरिथ असलंकाले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार पारेको थियो । व...


