काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश
धनगढी- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उत्कृष्ट लय कायम राख्दै प्लेअफको यात्रा तय गरेको छ। शुक्रबार भएको खेलमा काठमाण्डु गोर्खाजलाई ७ रनले स्तब्ध पार्दै रोयल्स प्रतियोगिताको अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो।
सानो लक्ष्यका बाबजुद सुदूरपश्चिमले खेलमा रोमाञ्चक जित निकाल्यो। १२६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको काठमाडौं अन्तिम ओभरसम्म जितको प्रयासमा रहे पनि निर्धारित २० ओभरमा ११८ रनमै सीमित भयो। काठमाडौंले यसक्रममा ७ विकेट गुमायो।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुवाती ओभरमै महत्वपूर्ण विकेट गुमाएर दबाब झेल्नुपरेको थियो। दोस्रो ओभरमा सन्तोष यादवले ब्रान्डन म्याकमुलन र इशान पाण्डेलाई शून्य रनमै आउट गरेपछि रोयल्स अप्ठ्यारोमा परेको थियो।
तर कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै टोलीको स्कोर उकासे। उनले ४० बलमा ५ चौ...

