Advertisement

Day: २०८३ कार्तिक ११, मंगलवार ०८:०१

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा भने साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। लगातार दुई संस्करणको उपविजेता बनेको सुदूरपश्चिम यसपटक पनि लुम्बिनीसँग पराजित भएपछि अघिल्ला फाइनलको हारको बदला लिन असफल भयो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो। एनपीएलको तेस्रो संस्करण आगामी मंसिर ५...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज