एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता भोलिदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। मंसिर ५ गतेसम्म चल्ने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको पहिलो खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। भोलि साँझ ५ बजे सुरु हुने उक्त खेलसँगै एनपीएलको तेस्रो संस्करण औपचारिक रूपमा आरम्भ हुनेछ।
यस संस्करणको मुख्य आकर्षणका रूपमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिँदैछ। हक–आई प्रविधिमा आधारित यो प्रणालीले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्न सकिने सुविधा दिनेछ। प्रत्येक इनिङ्समा टोलीले दुईवटासम्म निर्णय चुनौती दिन पाउने व्यवस्था गरिएको छ। यसबाट खेलमा निष्पक्ष...

