काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म
धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको छ।
अरुणिमा स्कुलको ठ्याक्कै गेट अगाडि रहेको रोज एक्सप्रेस कार्गोले देश तथा विदेशमा सामान पठाउने कार्गो सेवासँगै हवाई टिकट, सामान प्याकिङ तथा सवारी साधनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
कार्गोमार्फत नेपालभित्र तथा विदेशमा विभिन्न प्रकारका सामान पठाउन सकिने व्यवस्था रहेको छ। त्यस्तै, देश–विदेश यात्राका लागि हवाई टिकट उपलब्ध गराउने तथा विदेश यात्रा र घुमफिरका क्रममा आवश्यक पर्ने सामान सुरक्षित रूपमा प्याकिङ गर्ने सेवा पनि यहाँबाट लिन सकिनेछ।
रोज एक्सप्रेस कार्गोले नेपालभित्र र नेपालबाहिर यात्राका लागि आवश्यक सवारी साधनको व्यवस्थासमेत गर्दै आएको छ। विवाह, जन्मदिन तथा अन्य विभिन्न सामाजिक एवं पारिवारिक कार्यक्रमका लागि आवश्यक पर्ने सवारी साधनसमेत ...



