बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ।
असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहका अधिवेशन असोज ७ गतेबाट सञ्चालन भएको थियो।
आइतबार सम्पन्न निर्वाचनबाट मानबहादुर बोहरा ‘मन्नो’ सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार बोहराले ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मानबहादुर बोहराले ५७ मत प्राप्त गरेका थिए।
यस्तै, उपसभापतिमा करुणाकर अवस्थी र प्रमिला अवस्थी निर्वाचित भएका छन्। सचिवमा हरिश ढाँट, सहसचिवमा विक्रम बोहरा र कोषाध्यक्षमा पदम बिष्ट निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले अब पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिमा नेतृत्व गर्नेछ।...

