Advertisement

Day: २०८३ आश्विन १०, शनिबार ११:५४

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

Breaking News 1, कैलाली, मुख्य समाचार
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४० वर्षीया श्रीमती पार्वती साउद रहेकी छन्। प्रहरीका अनुसार पार्वती घाँस काट्नका लागि स्थानीय बारबन सामुदायिक वनमा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत अवस्थामा फेला परेकी थिइन्। उनी मृत अवस्थामा फेला परेको जानकारी गौरीगंगा नगरपालिका–६ का वडाध्यक्षले इलाका प्रहरी कार्यालय चौमालालाई गराएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज