Advertisement

Day: २०८२ मंसिर १७, बुधबार १७:५४

सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको वौनिया घर भएका २३ वर्षीय जगत साउँदलाई उपचार खर्च अभावमा थप समस्या बढेपछि सुदूरपश्चिमेली नेपाली समाज यूएईले उद्धार गरी नेपाल पठाएको छ। रोजगारीका लागि यूएई पुगेका साउद अवैधानिक रुपमा अबुधाबीमा बस्दै आएका थिए। ब्लड क्यान्सर (रगतको क्यान्सर) देखिएपछि कलेजो पूर्ण रूपमा क्षति भएका साउँद बुर्जिल अस्पताल, अबुधाबी मा उपचाररत थिए। तर उच्च उपचार खर्च बेहोर्न नसकिएको कारण समाजले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। समाजका अध्यक्ष प्रकाश दत्त बडुका अनुसार संकलित रकमबाट आवश्यक प्रक्रिया पूरा गर्दै आज बिहान ४:१० बजेको नेपाल एयरलाइन्सको उडानमार्फत साउदलाई नेपाल पठाइएको हो। अध्यक्ष बडुले सहयोग अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै यूएईमा समस्यामा पर्ने सुदूरपश्चिमेली नेपालीका लागि सँगै उभिन समाज सधैँ तत्पर रहने प्रतिबद्धता जनाए। यसैबीच विरामी साउदका ल...
मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख कार्यालयलाई मंगलबार बिहान सवा ११ बजे नै सर्वोच्चले परमादेशसहितको पत्र पठाएको थियो। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै प्रतिपक्षी दलले शीघ्र प्रदेश सभाको बैठक बोलाउन माग गरेका थिए। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने परमादेशमा उल्लेख छ। विश्वासको मत प्राप्त गर्न नसके उपधारा २ बमोजिम सरकार गठनको बाटो परमादेशले खुला गरिदिएको छ। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्द...
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सरकारदेखि विभिन्न सरोकारवाला संस्था र संघ–संस्थाहरूले दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाउन सुरु गरेको हो। यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, धार्मिकस्थल तथा अन्य संरचनाहरूमा सहज पहुँच हुने गरी मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा अपाङ्गता सम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रो...
एनपीलएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

एनपीलएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनीसँगको आजको खेलमा विराटनगरमा आवद्ध दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिसले खेल्न सक्ने सम्भावना छ । एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ । आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज