Advertisement

Day: २०८१ फाल्गुन २३, शुक्रबार ०७:१०

एसईई परिक्षामा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने

एसईई परिक्षामा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
धनगढी- आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने । त्यस्तै विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज