Advertisement

Day: २०८१ असार २८, शुक्रबार ०८:३५

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

घटना, मुख्य समाचार
रौतहट । काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो कामनाटुडेलाई प्राप्त भएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम...
सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

घटना, मुख्य समाचार
चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ । घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्...
बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि प्रधानमन्त्रीले गरेका छन् । चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ । साथै अन्य स्थानमा पनि अविरल वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति भएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज