बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्याफ्टिङ
सदरमुकाम चैनपुरमा आज बाट र्याफ्टिङ सुरू गरिएकाे छ।
सेती नदीको मनमोहक दृश्यावलोकन गर्न र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोट देखि पानकोटसम्म र्याफ्टिङ गरिएकाे हाे ।
चैत १२ गते आजबाट सुरू भएकाे र्याफ्टिङ चैत २५ गतेसम्म गरिने र्याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गते आजबाट सेती नदीमा सञ्चालन गरिएकाे र्याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला गरिएकाे र भाेलीबाट र्याफ्टिङलाई निरन्तरता दिने खड्काले बताए।
जयपृथ्वी नगरपालिकाका मेयर चेतराज वजालले र्याफ्टिङमा सहभागी हुँदै बझाङका सबैले साथ दिनु पर्ने र खड्काले सधैं बझाङकाे पर्यटनमा निकै याेग्दान दिएकोमा बधाई व्याक्त गर्नु भयाे , कार्यक्रमका व्यवस्थापक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
आज र्याफ्टिङकाे पहिलाे दिन नेकपा ...

