Advertisement

Day: २०८० फाल्गुन २८, सोमबार २०:०८

रुपालको पनिउटमा रहेको ‘शिव मन्दिर’ रंगरोगनका लागि चन्दा संकलन गरिँदै 

समाचार
रुपाल - होली पर्वका अवसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपाल, पनिउटमा रहेको शिव मन्दिर रंगरोगन गरिने भएको छ । रुपालको पनिउटका समाजसेवी प्रेम प्रसाद भट्टको सहकार्यमा चन्दा संकलन गरि उक्त शिव मन्दिर रंगरोगन गरिने भएको हो । होली पर्वमा मन्दिरलाई आकर्षक एवम् सुन्दर बनाउने र नयाँ पुस्तालाई पनि मन्दिर प्रति आकर्षण बढाउने उद्देश्यले शिव मन्दिर रंगरोगन गरिन लागिएको समाजसेवी प्रेम प्रसाद भट्टले बताएका छन् । गाउँघरमा रहेका ऐतिहासिक सम्पदाहरुको महत्त्वलाई जगाउनका लागि उक्त शुभ कार्यमा सबैले आफू सक्दो सहयोग गरिदिन समाजसेवी भट्टले आग्रह गरेका छन् । सहयोगका लागि PREM PRASAD BHATTA को नाममा Manjushree Finance Limited मा रहेको खाता नम्बर 005000014610 मा सहयोग रमक पठाउँन सकिने अथवा 9848542934 मा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।  सहयोगका लागि 'QR' पनि उपलब्ध गरिएको छ ।...
रास्वपाले बझाङमा हुने प्रदेश सभा उपनिर्वाचनमा उम्मेदवारी नदिने

रास्वपाले बझाङमा हुने प्रदेश सभा उपनिर्वाचनमा उम्मेदवारी नदिने

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। केन्द्रीय कार्यालय च:मतिमा सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते बझाङमा हुने प्रदेश सभा सदस्य निर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा २०७९ मंसिरमा भएको चुनावबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परेर निधन भएपछि यो क्षेत्र रिक्त छ। रास्वपाले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थिएन। रास्वपाले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको छ। ०७९ मंसिरको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भए पनि उनको गत भदौ २६ गते ...

कर्णाली पुलमा आगलागी, जल्यो ट्रक

समाचार
धनगढी - सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

धनगढीमा कुटपिटबाट एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो । मृतकमाथि सोही गाउँमा गएराति कुटपिट भएको बताइएको छ । कुटपिटपछि घर गएर सुतेका राना बिहान अचेत जस्तो देखिएपछि परिवारले अस्पताल पुर्‍याउँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिला पुरुष गरेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैगरी, कुटपिट भएको घरलाई सिल गरेर अनुसन्धान गर्ने कार्य भइरहेको छ । राति अर्काको घरमा गएको रानामाथि के कति कारणले कुटपिट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताए । उनले अनुसन्धानपछिमात्रै घटनाबारे सबैकुरा यकिन थाहा हुने उल्लेख गरेका छन् ।...

आज ग्याल्पो ल्होसार मनाइँदै

समाचार
धनगढी – शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछन् ।  हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् ।  मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।  यसअघि पुष १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाइसकेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज