Advertisement

Day: २०८० फाल्गुन १०, बिहीबार २३:०२

धनगढीको डिस्कभरी स्कुलको वार्षिकोत्सव सम्पन्न !

धनगढीको डिस्कभरी स्कुलको वार्षिकोत्सव सम्पन्न !

समाचार
धनगढी: धनगढीको डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ। विद्यार्थीका विभिन्न प्रतिभाहरु प्रदर्शनी सहित स्कुलको वार्षिकोत्सव सम्पन्न भएको हो। विद्यार्थीहरुले आफै निर्माण गरेका विभिन्न हस्तकलाको प्रदर्शनी सहित वार्षिकोत्सव मनाइएको हो। शिक्षाविद् शिवहरि मुडभरीको प्रमुख आतिथ्यतामा आयोजित  स्कुलको १५ औँ वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न संस्कृती झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा  उशु खेल प्रदर्शनी योग नृत्य लगायतका जनचेतनामूलक सन्देश दिने नाटक  प्रस्तुत गरिएको थियो। ब्यवस्थापन समितिका अध्यक्ष बृखबहादुर सिहंको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्याय, धनगढी प्यावसनका अध्यक्ष नरेन्द्र सिहंसहित विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यालयका अभिभावकहरूको  उपस्थित...

भासु भिरमा द्वन्द कालिन एम्बुस विष्फोट हुँदा ४ जना घाइते

समाचार
कैलाली - भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ द्वन्द कालिन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) विष्फोट हुँदा चार जना घाईते भएका छन् ।  सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस विष्फोट हुँदा चालकसहित चार जना घाईते भएका हुन् ।  घाइते हुनेमा जेसिबी चालक  कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए । घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । ...

टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ

समाचार
धनगढी - कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन्।  ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। ...

एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान हुँदै 

समाचार
धनगढी - सुखडमा जारी नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार बिहान ८ बजेपछि मतदानको समय तय गरिएको छ । एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका छन् ।  सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । बुधबारसम्म सहमतिको प्रयास जारी राखे...

कैलालीको एक गौशालामा राष्ट्रिय जनावरको बिजोग

समाचार
धनगढी - स्थानीय सरकारले व्यवस्थापन गरेको कैलालीको एक गौशालामा राष्ट्रिय जनावर गाईको बिजोग देखिएको छ ।  गोदावरी नगरपालिका–९ भल्कामा रहेको गौशालामा चौपायाको बिजोग भएको हो । छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसाथ गोदावरी नगरपालिकाले गौशाला स्थापना गरेर त्यहाँ गाईगोरु व्यवस्थापन गरेको छ । तर गौशालामा राखिएका चौपाया भोकभोकै मरिरहेका छन् ।  राम्रो स्याहार र खाना नपाएर धेरै चौपाया मरिसकेको स्थानीयको भनाइ छ । वडा अध्यक्ष रामलाल रानाले खाना नपाउँदा चौपाया मरिरहेको बताए । उनले वडामा बजेट नभएका कारण चौपायाका लागि पराल खरिद गर्न नसकेको उल्लेख गर्दै भने , “केही उपाय नलागेपछि मैले आफ्नो व्यक्तिगत पैसाले नुन, त्रिपाल लगायतको कुरा किनेर दिएको थिएँ ।”  एक चोटि सेहरी गाउँवासीले प्रतिघरबाट एकसय रुपियाँ सङ्कलन गरी चौपायाका लागि पराल खरिद गरेको अध्यक्ष रानाले जानकारी दिए । उनका अनु...

अछाममा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज राष्ट्रपति पौडेल आउँदै

समाचार
अछाम - अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज बिहीवार राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन्।  बिहीवारदेखि २५ गतेसम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन्। कोटीहोम मुल आयोजक समितिका अनुसार आज बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ)को समुद्घाटन गर्ने छन्।  नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ। साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ। कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज