Advertisement

Day: २०८० माघ १३, शनिबार २१:२५

धनगढीको मानवसेवामा हिमालयन गाैरीशंकर डेन्टलका सञ्चालकद्वारा सहयोग  

समाचार
धनगढी - धनगढीमा रहेकाे हिमालयन गाैरीशंकर डेन्टल क्लिनिक प्रालीका सञ्चालक रतन एसके र विमला  चाैधरी एसकेले आफ्नो छोरा प्रिन्स एसकेको जन्मदिनमा धनगढीमा रहेको मानवसेवा आश्रमका सहयोग गरेका छन् । शनिबार प्रिन्स एसकेको जन्मदिनमा उनीहरुले आश्रमको व्यवस्थापन कार्यका लागि नगद १५ हजार सहयोग गरेका हुन् ।  छोरा प्रिन्सको जन्मदिनमा काेही नभएका र केही नभएका व्यक्तिहरुकाे सेवामा समर्पित हुँदै आईरहेकाे यस आश्रमलाई सहयाेग गर्न पाउँदा आफुलाई आनन्दकाे महशुस भएको रतन एसके बताएका छन् । उनले यस मानवीय  सेवाकाे कार्यमा आगामी दिनहरुमा पनि सहयाेग गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।...

सुदूरपश्चिममा कुष्ठरोगको जोखिम कायमै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ।  ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो । समाजभित्र अझै पनि कुष्ठरोगी लुकेर रहेकाले तिनको खोजपड्ताल गर्न र कुष्ठरोगलाई शून्यमा झार्न सबैको सहयोग आवश्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।  कुष्ठरोगीलाई अझै पनि हेला गर्ने परिपाटी कायम रहेकाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको डा. जोशीको भनाइ थियो ।  ८८ पालिका रहेको सुदूरपश्चिममा ५० भन्दा र २० भन्दा बढी बिरामी एक÷एक पालिकामा रहेका छन् । यस्तै, ११ देखि २० बिरामी दुई पालिकामा, पाँचदेखि १० बिरामी आठ पालिकामा, एकदेखि चार बिरामी ३३ पालिकामा रहेका छन्। ४३ पालिकामा भने कुष्ठरोगको शून्य केस रहेको जनाइएको छ।  आर्थिक वर्ष २०७९/८० मा...

शिक्षासँग नाता जोड्दै धनगढीको ‘साइनो एजुकेशन’

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका-१ हसनपुर, 'TCN' चोकमा रहेको  साइनो एजुकेसन एक वर्ष भित्रै शिक्षासँग नाता जोड्न सफल भएको छ। खुलेको छोटो समयमै साइनोले आफ्नो उष्कृटता देखाउँदै आएको छ। सुदूरपश्चिममै राम्रो पढाइको वातावरण उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीले सञ्चालनमा ल्याइएको साइनो एजुकेशनमा बिद्यार्थीहरुको निक्कै चहलपहल देख्न सकिन्छ। साइनोले भाषा कक्षाहरुलाई विशेष जोड दिँदै जापानीज, कोरियन, अङ्ग्रेजी लगायत भाषाहरू पढाउँदै आइरहेको छ ।यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई उचित परामर्श र सत्य सूचना दिँदै IELTS/PTE का पनि उत्कृष्ट कक्षाहरू संचालन गरेको छ। साइनोमा कक्षा लिन थालेपछि आफ्नो पढाइमा सुधार भइरहेको साइनोमा अध्ययनरत विद्यार्थीले बताएका छन्। त्यहाँ अध्ययनरत विद्यार्थका अनुसार साइनोमा विषय शिक्षकको कमी नभएको र राम्रो गुणस्तरमा पढाइ हुने बताए...

अत्तरियामा दोहोरी साँझको विवाद : मृत्यु प्रकरणको अनुसन्धान गर्न टोली परिचालन

समाचार
धनगढी - कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटिएको छ । गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको जानकारी दिए । केसीका अनुसार विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सकेको छ । विज्ञ टोलीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ । २५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएक...

ओली र सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनबीच शिष्टाचार भेट

समाचार
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ ।   नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उनिहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धलगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले जानकारी दिए । भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।...
बझाङमा विद्युतिय गाडी सञ्चालन

बझाङमा विद्युतिय गाडी सञ्चालन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङको बित्थडचिर गाउँपालिका–८ बागथलामा चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । शुक्रबारदेखि बागथलामा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा आएको हो। यो बझाङ जिल्लाकै पहिलो चार्जिङ स्टेशन हो। यसअघि जिल्लाका कुनै पनि स्थानमा चार्ज स्टेशन थिएनन्। पछिल्लो समय विद्युतीय कारको लोकप्रियता बढ्दै गएकाले बागथलामा एउटा पनि चार्ज स्टेशन नभएकाले सबैको यात्रालाई सहज बनाउन स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक सुरेन्द्र मल्लले बताए। उनका अनुसार एक चोटीमा एउटा गाडी मात्र चार्ज हुनेछ । फुल चार्ज हुन ४० देखि ५० मिनेट लाग्ने उनको भनाइ छ। सञ्चालक मल्लले चार्जिड स्टेशन खोल्न विद्युत् प्राधिकरणको सहयोगले गर्दा सम्भव भएकाले प्राधिकरणलाई विशेष धन्यवाद समेत दिए। यो चार्जिङ स्टेशन सीजी मोटर्सको आधिकारिक बिक्रेता सुदूरपश्चिमको ब्रम मोटर्स प्रालि बोराडाँडी कैलालीद्वारा सञ्चालित हो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज