Advertisement

Day: २०८० माघ ६, शनिबार १७:०७

प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान गर्दै 

समाचार
धनगढी - प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ । शनिबार  धनगढी स्थित आस्था होटलको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो । विद्यार्थी परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, नगर सचीव गौरव भट्ट, छात्रा प्रमुख सुनिता भट्ट, पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी  र धनगढीका विभिन्न मिडियाका पत्रकार सामाजिक एवं शैक्षिक व्यक्तिको विशेष उपस्थितमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अभियानका केन्द्रिय सदस्य मणिराम चौलागाई देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधा...

धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद् धनगढीद्वारा शोभायात्रा गरिँदै

समाचार
धनगढी - रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको भूतलको गर्भगृहमा भगवान् रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा आयोजना गरिने भएको छ । धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल धनगढी नगरसमितीको आयोजनामा उक्त शोभायात्रा गरिने भएको हो । भारतको अयोध्यामा भइरहेकोे उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर र मानवसेवा आश्रम लगायतका ठाँउबाट ठुलो पर्दामा देखाइने विश्व हिन्दु परिषद् नेपाल धनगढी नगरसमितीका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन् । त्यस्तै सोमबार, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट भजन कृतनसहित संगीतमय शोभायात्रा निकालिने उनले बताए । उक्त शोभायात्रामा विभिन्न संघ-संस्था, मठ-मन्दिरहरु, हिन्दु धर्मावलम्बीहरु र विभिन्न ठाँउमा उपस्थितिको लागि निमन्त्रणा गरिएको आयोजकले जना...

सुदूरपश्चिममा बहुविवाहका ८० उजुरी दर्ता

समाचार
धनगढी - सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ। २०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्।  घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्। सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ।  बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ।  मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (४) मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।...

बाजुराको कोल्टीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार

समाचार
काठमाण्डौं – बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।  बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताए । खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा. शाहको भनाइ छ । उनका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गर्नुपरेको हो । गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका ला...

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु 

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।  अघिल्लो अधिवेशन अन्त्य भएको तीन महिनापछि प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको हो ।  यस अधिवेशनलाई कानुन निर्माण गर्ने अधिवेशनका रूपमा पनि लिने गरिन्छ । अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखले पठाएको पत्र पढेर सदनलाई सुनाएका थिए ।  सदनमा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकले विशेष समय लिएर अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले पर्याप्त ‘बिजनेस’ दिएर सदनलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।...

कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ नम्बर १ गल्ली स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँच जना शुक्रवार साँझ पक्राउ परेका हुन्।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद ४४ हजार ९४ र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...

दार्चुलामा चितुवा मृत फेला

समाचार
दार्चुला - दार्चुलामा चितुवा मृत अवस्थामा फेला परको छ। मालिकार्जुन गाउँपालिका-५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो।  अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ। ...

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।  बेलडाँडी गाउँपालिका-१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलिसमेत दुई जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।  उनीहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थानसहित दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ...

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

समाचार
बझाङ - बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो। शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्।  उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज