बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा
बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आइतबार स्थानीय स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सेवा क्षेत्रभित्रका सबै बालबालिकाले निर्धारित खोप पूरा गरेपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
जन्मदेखि १५ महिनासम्मका बालबालिकाले सरकारले तोकेको सम्पूर्ण खोप पाए/नपाएको यकिन गर्न विस्तृत तथ्यांक संकलन गरिएको थियो। यस क्रममा तीनै वडामा घरधुरी सर्वेक्षण सञ्चालन गरी ५ वर्षमुनिका सबै बालबालिकाको खोप अवस्थाको पहिचान गरिएको थियो।
सर्वेक्षणका क्रममा छुट खोप भएका बालबालिकालाई पहिचान गरी लक्षित रूपमा खोप सेवा प्रदान गरिएको सुनकुडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र बिष्टले जानकारी दिए । यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्...












