Advertisement

हाम्रो बारेमा

बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

समाचार
काठमाडौं - बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरुको जम्बो टोली भारतको हिमांचल राज्य जाने भएका छन् । टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहनेछन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालका अनुसार १८/१९ जना सांसदहरु उक्त भ्रमण टोलीमा रहन सक्छन् । समिति सभापति डा.आरजु राणाको पहलमा भारतीय पक्षले नै आमन्त्रण गरेको र त्यस आधारमा भ्रमण हुन लागेको हो । तर, भ्रमणको मिति तय भएको छैन् । समिति सचिवालयका अनुसार भारतीय पक्षबाटै भ्रमणको मिति तय गर्ने र पठाउने भन्ने भएको छ । उपसचिव बरालले भने, ‘केही दिनमा भ्रमणको मिति तय हुनेछ ।’ यसअघि समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

समाचार
काठमाडौं - पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् । इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उनीहरुमाथि थियो । उक्त सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो । यसअघि इमरान खानलाई भ्रष्टाचारमा ३ वर्ष जेल सजाय सुनाइएको थियो र उनी हाल काराबासमा छन् । पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम ...

सुदूरपश्चिमका मन्त्री साउदविरुद्ध उजुरी

समाचार
काठमाडाैं - सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ ।  बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन् । मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन् ।  मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले उजुरी आएको पुष्टि गरे । यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘मेरो कारोबार भएको छैन । मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’ उनले भने ।...

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

समाचार
काठमाडौं - आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुने छैनन् ।...

धनगढीमा काँडेतारको च्यारिटी सो बाट सङ्कलित रकम गोविन्द गौतम परिवारलाई

समाचार
कैलाली - नेपाली चलचित्र काँडेतारको धनगढी च्यारिटि सो बाट सङ्कलित रकम सहिद गोविन्द गौतकको परिवारलाई उपलब्ध गराइने भइएको छ ।  भारतीय अतिक्रमण र ज्यादतीको विरुद्ध आन्दोलन गरिरहेका बेला २०७३ फागुन २३ गते भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गौतकको ज्यान गएको थियो ।  भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा काँडेतार चलचित्र बनाएको भन्दै धनगढीको विशेष सोबाट सङ्कलन गरिएको रकम उनको परिवारलाई दिने निर्माता\निर्देशक नबल खड्काले जानकारी दिए ।  माघ २० गते धनगढीमा काँडेतार चलचित्रको च्यारिटी सो हुने लागेको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी काँडेतार टिमले तयारीबारे जानकारी दिएको हो ।  ‘ २० गते हामीले धनगढीमा च्यारिटी सो गर्दै छौँ । त्यहाँबाट सङ्कलन भएर बचेको पैसा हामी गोविन्द गौतम परिवारलाई हस्तान्तरण गर्छौ’ निर्माता\निर्देशक खड्काले भने, ‘ हाम्रो चलचित्र सीमा र...

आज शहीद दिवस मनाइँदै : दिइएन सार्वजनिक बिदा

समाचार
धनगढी - आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ ।  आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ। राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेकाे पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । यस वर्ष आज शहीद दिवसको दिन...

धनगढीबाट ९० किमि भारतको सिंगाही राजमहल [फोटोफिचर]

समाचार
धनगढी - कैलालीको धनगढीबाट ९० किलोमिटर टाढा भारतको खिरीस्थित सिंगाही भेड़ौरा नगर पंचायतमा रहेको सिंगाही राजमहल पर्यटकीय दृष्टिकोणले निकै आकर्षक छ । सिंगाही भेड़ौरा नगर पंचायत प्राचीन खैरीगढ़ राज्यको राजधानी हो । अहिले सिंगाहीमा नेपाली मूलका नागरिकको बाक्लो बस्ती रहेको छ । स्वर्गीय महारानी सूरथ कुमारीले सन् १८९० मा उक्त राजमहलको निर्माण गराएकी थिइन् । कला, विशालता र सुन्दरताले गर्दा राजमहल अत्यन्तै आकर्षक छ ।  उक्त राजमहलको अगाडि काली मन्दिर तर्फ फर्केको महारानी सूरथ कुमारीको मूर्ति रहेको छ ।  महारानी सूरथ कुमारीद्वारा निर्माण गरिएको काली मन्दिर धर्म र आस्थाको प्रतिक रहेको छ । उक्त मन्दिरसँगै सूर्यदेव, चंद्रदेव, भगवान शंकर, काल भैरव, रामजानकी मन्दिर आदि मूर्ति रहेका छन् । काली मन्दिरको पूर्वीद्वारमा राजा ईन्द्रविक्रम शाहको प्रतिमा रहेको छ । उक्त अष्टकोणीय ...

कलाकारले चुरोट र मदिराको विज्ञापन खेल्नु हुँदैन : भुवन केसी

समाचार
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए । ‘कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन’ उनले भने । कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए । विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ । उनले नेपालमा चल्ने कुनैपनि वि...

अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुन्छ : मन्त्री बस्नेत

समाचार
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।  सोमबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । ‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरूमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरू बढ्न त जरुरी छ ।,’’ मन्त्री बस्नेतले भने, ‘‘एकथरी सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरू राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउ...

धरानले स्थानीय आविष्कार केन्द्र खोल्ने

समाचार
काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ ।  धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए । क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने  करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमती भएको हो । कार्कीले आविष्कार केन्द्रको सञ्चालन कार्यविधि बनाइनसकेको भन्दै उपमहानगरका प्रतिनिधि र क्याम्पसका प्रतिनिधि बसेर सञ्चालन, प्रयोग, अनुसन्धान, अन्वेषणको कार्यविधि तयार गर्ने बताए ।...
गौरिगङ्गा नगरपालिकामा आज पनि सेटिङ्ग बाटै काम हुन्छ – वडा सदस्य

गौरिगङ्गा नगरपालिकामा आज पनि सेटिङ्ग बाटै काम हुन्छ – वडा सदस्य

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली स्थित गौरिगंगा नगरपालिकामा अधिकांश काम सेटिङकै भरमा हुने गरेको वडा सदस्यले बताएका छन् । नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हुने विभिन्न काम कारवाही कानुनि प्रक्रिया विपरीत भएपनी सेटिङमा सबै भईरहेको बताएका छन ।  अहिले नेपालभरका सबै स्थानीय तहमा हिउँदे अधिवेसन भईरहेको छ । आज कैलालीको गौरिगंगामा पनि हिँउदे अधिवेशन भईरहेका बेला एक वडा सदस्यले गौरिगङ्गा नगर पालिका मा आज पनि सेटिङ मै काम हुन्छ भनेर अधिवेशनमै भनेका छन । गौरिगंगा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बलराम सापकोटाले अधिवेशनमै "हामिले सुशासन सुशासन भन्ने तर कर्मचारी राख्दा पनि अझै उहीँ सेटिङ छ" भनेर भन्नुभएको छ । उहाँले आगामी दिनमा सेटिङलाई तोडेर निस्पक्ष भएर अघि बढ्न समेत पालिका प्रमुखलाई सुझाव दिएका छन् ।...

अनेरास्ववियु केएमसीको संयाेजकमा जाेशी

समाचार
धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसकाे संयाेजकमा पूर्णराज जाेशी चयन भएका छन् ।  सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक महेन्द्र सिंहको उपस्थितिमा आयोजक कमिटी निर्माण गरिएको हाे ।  जसकाे संयाेजकमा पूर्णराज जोशी, सह संयोजकमा किरण उपाध्याय, सह संयोजक धीरेन्द्र बोहोरा, सचिवमा केशव धामी, सह सचिवमा सुनिल नेपाली, सह सचिवमा नरेन्द्र विष्ट, सह सचिवमै हिमाल रावत चयन भएका छन् ।  यस्तै कोषाध्यक्षमा हृदया रावल र अन्य पुरानै कमिटीका सदस्यहरु यथावत रहनेगरी कमिटी निर्माण गरिएको बताइएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज