धनगढीको माईलस्टोनले मनायो १५औं वार्षिकोत्सव
धनगढी - धनगढीको माईलस्टोन इङ्ग्लिस बोर्डिङ स्कुलले १५औं वार्षिकोत्सव मनाएको छ ।
धनगढी ७ भानुचोकमा रहेकाे माईलस्टोन इङलिस बोर्डिङ स्कुलले शनिबार १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हाे ।
विद्यालयका अध्यक्ष विरेन्द्र मल्लकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका अनुसन्धान विद् प्राध्यापक, डाक्टर दमन चलाउनेको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयकी शिक्षिका विष्ना बम बोहरा र शिक्षक उमेश ढुङ्गाना सञ्चालन गरेको उक्त समारोहमा शिक्षिका निलिमा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । समारोहमा विद्यार्थीका नृत्य, गायन लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरिएको छ ।
२०६५ सालमा २५ जना विद्यार्थीबाट सुरुवात गरेको विद्यालयमा अहिले ४ सय बढी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक भुवन मल्लले बताए ।...



