कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव लाग्ने
कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ ।
बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।
"कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास:निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न ।
महोत्सबमा चर्चित राष्ट्रिय कलाकारहरु सहित सुदुरपश्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।
सेती लोकमार्ग संगै बर्दगोरिया धामलाई चिनाउन महोत्सव आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्था संग सहकार्य गरिरहेको अध्यक्ष ताम...






