आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का
बढैपुर - देश सञ्चालनका लागि सरकारले कहिलेसम्म विदेशी ऋणकै भर पर्नुपर्ने ? आफ्नै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्न नसक्ने तर विकासका नाममा विदेशी मुलुकसँग ऋण मागिरहने प्रवृत्तिले मुलुकको समृद्धि सम्भव छ ?
राज्यसँग प्रशस्त प्राकृतिक स्रोतसाधन र सम्पत्ति हुँदाहुँदै पनि तिनको सदुपयोग हुन नसक्नु विडम्बनापूर्ण अवस्था हो। यसको पछिल्लो उदाहरण सुदूरपश्चिम प्रदेशको वन क्षेत्रसँग जोडिएको काठ व्यवस्थापनको विवाद बनेको छ। सरकारी नीतिगत अस्पष्टता र समयमै निर्णय हुन नसक्दा अर्बौं मूल्यको काठ जंगलमै कुहिने अवस्थामा पुगेको छ भने काठ व्यवसायमा लाखौँदेखि करोडौँ रुपैयाँसम्म ऋण तथा निजी लगानी गरेका व्यवसायीसमेत संकटमा परेका छन्।
काठको कारोबार र प्रशोधनमा संलग्न उद्योगहरू सञ्चालनमा कठिनाइ भोगिरहेका छन्। यसले व्यवसायीको लगानी जोखिममा पार्नुका साथै रोजगारी गुम्ने र स्थानीय अर्थतन्त्रमा समेत नकार...

