भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक
नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले न्युट्रासियुटीकल विक्री वितरणमा रोक लगाएको छ । अस्पतालको ड्रक एण्ड थेराप्युटीक कमिटीको बैठकले अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको कमिटीका संयोजक समेत रहेका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले बताए ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको मिति २०८१ पुस २५ गतेको प्राप्त पत्र र कमिटीको बैठकबाट भएको निर्णय अनुसार अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ डा.पाण्डेले भने–‘अव बिरामीले आवश्यक भन्दा पनि न्युट्रामा दशौं गुणा रकम खर्चिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’
न्युट्रा अति आवश्यक औषधी नभएपनि चिकित्सकहरुले प्रेस्क्राइव गर्ने र विक्री वितरण पनि भइरहेको थियो । अस्पतालका प्रमुख म...


