काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ
बझाङ : काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्।कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समुह बिच बुधवारवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्।यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २० वर्षीय तेज थापा र २२ वर्षीय तपेन्द्र खाती रहेका छन्।
कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा बुधबार बेलुकी...

