Advertisement

Day: २०८० आश्विन १५, सोमबार २१:०७

चिकित्सक संघ सुदूरपश्चिमले गर्याे ८ बुदे निर्णय

चिकित्सक संघ सुदूरपश्चिमले गर्याे ८ बुदे निर्णय

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली : नेपाल चिकित्सक संघ सुदूरपश्चिमले विभिन्न ८ बुदे निर्णय गरेको छ । सोमबार धनगढीस्थित आस्था होटलमा प्राइभेट अस्पताल, फार्मेसी पेशाकर्मि प्रतिनिधी, पारामेडिक्स लगाएको उपस्थितमा चिकित्सकहरुको हकहितका लागि विभिन्न ८ बुदे निर्णय गरेको हो । "१. नेपाल सरकारका माननिय गृह मन्त्रीको समुपस्थितिमा नेपाल सरकार, स्वास्थ्य एवमं जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका सुरक्षित कार्यस्थल संघर्ष समिति विच भएको ६ बुँदे सम्झौताको कार्यान्वयनको लागि Central NMA मार्फत जोड दिने र त्यसको अपडेट वारे जानकारी लिने । २. नेपाल चिकित्सक संघ (NMA) Farwest शाखाको संयोजकत्वमा APHIN का प्रतिनिधि र अन्य स्वास्थ्यकर्मीहरुको प्रतिनिधित्व मूलक संस्थाका प्रतिनिधि रहने गरी एउटा समन्वय समिति १५ दिन भित्र गठन गर्ने र केही स्वास्थ्य संस्था एवमं स्वास्थ्यकर्मी माथि हातपात, तोडफोड हुदा उक्त समितिको आकस्मिक बैठक बसी तु...
मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झन्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो ।  यो बेलामा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा अहिले भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । ‘अहिले धानबाली भित...
एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
चीनमा भइरहेको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । आज भएको 'ड्र' अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ । नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।...
नेकपा एमाले सुदुरपश्चिम प्रथम अधिवेशनको तयारीमा

नेकपा एमाले सुदुरपश्चिम प्रथम अधिवेशनको तयारीमा

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा हुने नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट हुने भएका छन्। एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन्। सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने भएका छन्। लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन बाग्मतीमा सम्पन्न भइसकेको छ। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए।...
बैतडीको झुलाघाटस्थित एक होटलमा बझाङका पुरुष मृत फेला

बैतडीको झुलाघाटस्थित एक होटलमा बझाङका पुरुष मृत फेला

बझाङ, बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बैतडीको झुलाघाटको एक होटलमा पुरुषको शव फेला परेको छ । बझाङको छबिस पाथिभेरा गाउँपालिका –७ बुडखोरिका अन्दाजी ३३ वर्षीया हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो । गए राती साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज