कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल
२०८१ असार २१ गते शुक्रबारकैलाली जिल्ला को मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल ले लगातार तेस्रो पटक एसईइ परिक्षामा घोडाघोडी नगरपालिका प्रथम हुँदै स्वर्णिम इतिहास कोर्न सफल भएको छ ।
बिधालय मा पठनपाठन गराउने शिक्षाक शिक्षिका र बिधालयमा अध्यनरत बिद्यार्थी को मेहनत र अभिबाभकको साथ सहयोगले आफुहरु यो इतिहास ३ पटक घोडाघोडी नगरपालिका प्रथम हुँदै इतिहास रच्न सफल भएको बिधालयका प्रीन्सिपल फाउन्डर युवराज बमले बताएका छन् । उनले सर्वोत्कृष्ट नतिजा सहित विद्यालयको नाम नगरपालिका मै उच्च स्थानमा राख्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आगामी दिनमा उत्तरोत्तर प्रगतिको अशेष शुभकामना व्यक्त गर्नु भएको छ ।
अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय...












