जयपृथ्वीका आठ विद्यालयको सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माणबारे छलफल
बझाङ । प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल कार्यक्रम शनिबार र आईतबार चैनपुरमा भएको छ ।
वल्र्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित “विद्यार्थीहरुका लागि प्रबिधीमैत्री शिक्षा सिक्ने अवसर” (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल भएको हो ।
कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ ओटा विद्यालयमा स्थापना गर्दै गरेको आईसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधी संग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आईसिटी ल्याब मर्मत सम्भार कोषमा २० हजारका दरले ८ ओटा विद्यालयलाई सहयोग उपलब्ध गराउने बताए ।
कार्यक्रममा प्रगतिशिल युवा समाजका अध्...












