मौलिक गीत गाएर भाइरल बनेकी राधिकाको निधन
धनगढी- बाजुराकी चर्चित मौलिक गीत गाएर टिकटक र फेसबुक रिल्समा भाइरल बनेकी राधिका बादीको निधन भएको छ । आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा ४२ वर्षको उमेरमा निधन भएको हो । कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्, र फागुन १८ गते बिहान उनको मृत्यु भएको पुष्टि गरिएको छ ।
राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो । उनले मादल बजाएर नशा नशामा रगत रगतमा।। भन्ने गीत गाएको भिडियो भाइरल बनेको थियो । उनको उक्त भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।...












