भारत जारी महाकुम्भमा मेलामा स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु भएको छ ।
उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् ।
यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।।

