Advertisement

Day: २०८१ फाल्गुन ११, आईतवार २३:४३

प्रहरीका १२ इन्स्पेक्टर हरु को काज सरुवा ।

प्रहरीका १२ इन्स्पेक्टर हरु को काज सरुवा ।

समाचार
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ। डीएसपी पदमा भएको बढुवापछि रिक्त रहेका पदहरू पूर्ति गर्न आवश्यकतानुसार काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवा भएका निरीक्षकहरूलाई अर्को आदेश नभएसम्मका लागि तोकिएको स्थानमा खटाइएको छ भने, अविलम्ब हाजिर हुन निर्देशन दिइएको छ। काज सरुवाअनुसार प्रहरी प्रभाग पुल्चोकमा इन्स्पेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषामा नितेश कुमार सिंह, र जिल्ला ट्राफिक कार्यालय कैलालीमा चक्र बहादुर देउवाको काज सरुवा गरिएको छ।...
कैलालीमा शंकास्पद गाडीहरू बरामद, भन्सार ऐन अन्तर्गत कारवाहीको लागि पठाइए

कैलालीमा शंकास्पद गाडीहरू बरामद, भन्सार ऐन अन्तर्गत कारवाहीको लागि पठाइए

समाचार
धनगढी, कैलाली — कैलाली जिल्ला प्रहरी कार्यालयले शंकास्पद रूपमा फेलापारी रितमा रहेका गाडीहरू बरामद गरेको छ। यी गाडीहरूको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएको पाइएपछि तिनीहरूलाई भन्सार ऐन नियम बमोजिम कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ। प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ०७ मा रहेको अन्दाजी मूल्य रु. २० लाख बराबरको बा. प्र. ०१-०३१ च २७२६ नम्बर टासेको स्कारपियो गाडी शंकास्पद रूपमा बरामद गरेको थियो। त्यसपछि यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरमा लेखापढी गर्दा उक्त गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएको पाइयो। यसैकारण यसलाई भन्सार ऐन अन्तर्गत कारवाहीको लागि पठाइएको हो। त्यस्तै, धनगढी उप-महानगरपालिका वडा नं. ०९ बाट अन्दाजी मूल्य रु. १० लाख ८० हजार बराबरका Up14 Fw3581, बा ९० प २३४०, बा ९७ प ५०४६, से.६ प ९३२७, सु.प.प्र. ०१-०११ प १६८७, से.१ प ७४११, से...
भारतमा अछाम घर भएकी बालिका बलात्कृत,,गर्भमा  ३३ हप्ता भन्दा बढीको बच्चा

भारतमा अछाम घर भएकी बालिका बलात्कृत,,गर्भमा ३३ हप्ता भन्दा बढीको बच्चा

Breaking News 1, अछाम, समाचार
भारतमा अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बलात्कारमा संलग्न करिब ४५ वर्षीय पुरुष निकटका आफन्त नै रहेको प्रहरीको दाबी छ। ती आरोपित आफन्तको नाममा उजुरी परेपछि घटना बाहिर आएको हो । प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’ बालिकाको पेट बढ्दै गएपछि मात्रै घटनाबारे थाहा भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । बालिकाले आफूमाथि पटक पट...
बिर्सिएको बाटो

बिर्सिएको बाटो

ताजा अपडेट, मनोरञ्जन
दिपेन्द्र धामी - बझाङ । जीवन अनगिन्ती मोडहरूबाट अघि बढ्छ। कतिपय बाटाहरू यस्ता हुन्छन्, जसलाई हामी कहिले बिर्सन चाहँदैनौँ, तर समयको आँधीबेहरीले ती स्मृतिहरू मेटाउँदै लग्छ। मेरो आफ्नै यात्रामा म स्वयंलाई कतै हराएको महसुस गर्छु। धेरैपटक ऐनामा हेरेर सोच्छु, "म वास्तवमै को हुँ?" याे नाम, पहिचान, पेसा, पारिवारिक सम्बन्ध—यी सबै कुनै परिचयका आधार हुन सक्छन्, तर वास्तविक म को हुँ भन्ने प्रश्नको उत्तर मसँग छैन। जब बाल्यकालमा पहिलोपटक नाम लेख्न सिकियो, आफूलाई चिन्न बिर्सिएछु, तर जति समय बित्दै गयो, त्यो खोज अलपत्र पर्‍यो। जीवनको यात्रामा अनेक सम्बन्ध बननेछन्, तर ती सम्बन्धहरू साँचो भए कि झुट, मैले कहिल्यै बुझ्न सकिनँ। आफन्त भन्नेहरूले मप्रति देखाएको रिस, डाहा, ईर्ष्या, घमण्ड र अनावश्यक प्रतिस्पर्धा देख्दा म झस्कन्छु। उनीहरू वास्तवमै मप्रति इमानदार थिए कि केवल आफ्नै स्वार्थका लागि मेरो वरिपरि थ...
बाजुराकी ७० वर्षीया वृद्धा २५ वर्षपछि भारतमा फेला

बाजुराकी ७० वर्षीया वृद्धा २५ वर्षपछि भारतमा फेला

Breaking News 1, बाजुरा, मुख्य समाचार, समाचार
धनगढी- बाजुराकी एक वृद्धा २५ वर्षपछि भारतमा फेला परेकी छन्।जिल्लाको बुढीगंगा नगरपालिकाकी ती वृद्धा भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढमा फेला परेकी हुन् । बुढीगंगा -३ स्थायी ठेगाना बताउने उनले आफ्नो नाम शान्ति भनेकी छन्। पिथौरागढस्थित वान स्टप सेन्टरको आश्रयस्थलमा उनी फेला परेको केआईएन (किन) इन्डियाका प्रमुख नवीन जोशीले जानकारी दिनुभयो । लामो समयसम्म सडकमा बिताएकी ती महिलालाई भारतीय प्रहरीले उद्धार गरेर आश्रयस्थल पुर्‍याएको थियो। भारतीय प्रहरीले उनको परिवार पत्ता लगाउन विभिन्न संघसंस्था तथा त्यस क्षेत्रमा काम गर्ने निकायलाई जानकारी गराएको भए पनि लामो समयदेखि पत्ता लाग्न सकेको थिएन। परिवारले लामो समयदेखि खोजी गर्दै आएको भए पनि फेला पार्न नसकेपछि माया मारिसकेका थिए। जोशीका अनुसार, फेला परेकी महिला सुरुमा त्यहाँ पुग्दा ती महिलाले केही समय सडकमा नै बिताएको तथा भारतीय प्रहरीको सहयोगमा ...
१० जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन,, ७ दिनभित्र हाजिर हुन निर्देशन

१० जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन,, ७ दिनभित्र हाजिर हुन निर्देशन

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका छन् । एकजना सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयले माघदेखि सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई  सम्पर्कमा आउन अनुरोध गरेर आइतबार सूचना जारी गरेको छ। गैरहाजिर हुने सहायक हवलदारमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कृष्ण कार्की रहेका छन्। त्यस्तै प्रहरी जवानहरू रन्जित श्रेष्ठ, खिमबहादुर केसी, विनम ज्ञाङमी, अस्मी तामाङ, प्रज्वल घर्तिमगर, शम्शेर घर्तीमगर, रेशम पुन, कृष्ण विक र प्रहरी कार्यालय सहयोगी जनक बहादुर गाईन छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आफू गैरहाजिर रहनुक...
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै गर्यो विजयी शुरुवात

च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै गर्यो विजयी शुरुवात

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को सनिवार भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको हो। पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । इङ्ग्ल्याण्डका बेन डकेटले सर्वाधिक एक सय ६५ रन जोडे । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए । जो रुटले ६८ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका बेन ड्वारशुइसले तीन, मार्...
कञ्चनपुरमा भारतीय कारले दियो अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर,, २ जना घाइते

कञ्चनपुरमा भारतीय कारले दियो अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर,, २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा भारतीय कारको ठक्करबाट २ जना घाइते भएका छन्। जिल्लाको पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको भारतीय नम्बरको युके ०४ए एफ ५९४३ नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो। दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोलका ३५ वर्षीय केशव सुनार र साइकल यात्रुु भीमदत्त नगरपालिका ५ बैजनाथ टोलकीे १५ वर्षीया प्रतिज्ञा लुहार घाईते भएका छन्। कार चालक भीमदत्त नगरपालिका–११ का ५० वर्षीय कमल गुरुङ घाइते भएका छन्। घाइते लुहार र सुनारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।...
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, समाचार
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।...
महाकुम्भ मेलाबाट फर्किएका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु

महाकुम्भ मेलाबाट फर्किएका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार
भारत जारी महाकुम्भमा मेलामा स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु भएको छ । उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् । यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।।...
दार्चुलामा चमेलिया जलविद्युत् आयोजना शिलान्यास,, लागत ६ खर्ब २३ करोड भन्दाबढी

दार्चुलामा चमेलिया जलविद्युत् आयोजना शिलान्यास,, लागत ६ खर्ब २३ करोड भन्दाबढी

Breaking News 1, ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मा गाउँपालिका मा २८ दशमलव ३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्याश गरिएको हो । दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको सनिवार प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् । जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए । शेरीदेखि साढे आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज