काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी प्रविधि व्यवसायी इलन मस्कबीच भर्चुअल संवाद भएको छ । इलनसँग कुराकानी गरिरहेको प्रधानमन्त्री ओलीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु’ भन्दै प्रधानमन्त्री ओलीले फेसबुकवालमा भिडियो च्याटको तस्बिरसमेत पोस्ट गरेका छन् । उनीहरुबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।