बझाङ :अहिलेसम्म बझाङको साईपाल गाउँपालिकामा सडक छैन । सडक मात्र हैन धेरै कुराले बञ्चित दुर्गमकाे पालीका पछिल्लो समयमा बिकासकाे लयमा यात्रा गर्दै आएको देखिन्छ ।

सुदुरपश्चिमकाे दुर्गम मात्र हैन बझाङकै बिकट साइपालमा सडक पुगाउन स्थानीय सरकार निरन्तर लागिपरेकाे छ । स्थानीय सरकार साईपालमा पाँच वटा वडाहरु रहेका छन । एक वडा बाट अर्को वडा पुग्न दिनभर हिड्नु पर्छ । अत्यन्तै दुख खेपिरहेका साईपालबासिलाई छिटोभन्दा छिटो सडक पुगाएर सवारीसाधन पुगाउने क्षेणमा जनप्रतिनिधि कर्मचारीहरु लागिपरेको लेखापाल पवन भट्टराईले बताए ।

बिकास निर्माणका क्रममा अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ निरन्तर बिकासका काममा लागिपरेको भट्टराईकाे भनाइ छ । नेटवर्कले काम नगर्ने पालिका साईपाल हाे । पछिल्लो समय सरकारकाे पहलमा केही ठाउँमा अलिकति काम गरिरहेको देखिन्छ । तर गाउँपालीकाकाे काम भने,नेटवर्क नभएको कारण त्यता हुन असम्भव देखिन्छ ।
ल्यापटप कम्प्युटर बाट सिस्टमले काम गर्नु पर्ने भएको कारण त्यता कठिनाइ छ । हामी धेरै पटक साईपाल बाटै सेवा दिन सकिन्छकि भनेर गाउँमा गयाैँ तर नेटवर्कले सर्वर काम नगर्दा समस्या आएकाे देखिन्छ । अब बिस्तारै हुन्छ हाेला निकै दुर्गम पालीका हाे ।
सदरमुकाम चैनपुर बाट हिडेर निकै टाढाको सरकार साईपाल हाे । जसमा धुलि पुग्न ४ दिन निरन्तर हिड्नु पर्छ भने पछिल्लो समय सरकारले कदम चाल्दा साईपालकाे अनई, भन्ने स्थानमा सडक पुगेको छ । अब छिट्टै वडा नम्बर १ र २ मा पुगाउने साेचमा रहेको उपाध्यक्ष डाेल्मा तामाङले बताउनु भयाे ।
उपाध्यक्ष तामाङले भन्नू भयाे,म र अध्यक्षले साईपालकाे बिकास समृद्धिका लागि काठमाडौ सँघिय सरकारका कुनै मन्त्रालय बाकी राखेका छैनाै । त्यहीँ पनि पावर पहुचमा काम हुन्छ हामीलाई खासै सघिय सरकार र प्रदेश सरकारले नहेरेकाे अनुभुती भएको पाएकी छु । हामी यति धेरै दाैडधुन नगर्ने हाे भने, यति बजेट पनि गार्हो रहेको उपाध्यक्ष बताउन्छन ।

पछिल्लो समय स्थानीय सरकार साईपालमा अस्पताल देखि बैक पनि स्थापना भएको छ । हाम्रो पछिल्लो मुख्य एजेन्डा सडक पुर्याउनु हाे । देश भरिका ७५३ स्थानीय सरकार मध्ये बझाङकाे साइपाल गाउँपालीकामा मात्र सडक पुगेको छैन । हाम्रो लक्ष्य र जनतालाई दिएको हाम्रो बाचा नै सडक पहिलो प्राथमिकता हाे हामी हाम्रो कार्यकाल भित्र पुगाउने उपाध्यक्ष तामाङकाे जाेड रहेको छ ।
सडककाे काम तिव्र गतिमा अगाडि बढिरहेको छ । तिव्वतमा रहेका साईपालका समाजसेवी युवा जगत तामाङ पनि निरन्तर साईपाल बिकास बारे विभिन्न दृष्टिकोण बाट नियालिरहेका छन । उनी आफै आफ्नै स्काईभेटरले धेरै सहयाेग गर्दै आएका छन भने चाईनाकाे बिकास सहितकाे खाका साईपालमा गर्न सकिने बिकास लाई जनप्रतिनिधि सँग सल्लाह सुझावमा जुट्छन । स्थानीय तह साईपाले पछिल्लो समय बिकासकाे गतिलाई तिव्र तरिकाले अगाडि बढाएको र आफू लागिपरेको सबैलाई सहयाेग गर्न गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए ।।


